टी-ट्वान्टी विश्वकपः इंग्ल्यान्डलाई पाकिस्तानको १३८ रनको लक्ष्य
काठमाडौँ- अस्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई जितका लागि १३८ रनको लक्ष्य दिएको छ ।
मेलवर्नमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन जोड्यो । पाकिस्तानका लागि शान मसुदले ३८ रनको योगदान गरे । कप्तान बाबर आजमले ३२ रन बनाए । मोहम्मद रिजवानले १५ रन जोडे ।
इंग्ल्यान्डका लागि साम कुरानले ३ तथा क्रिस जोर्डनले र आदिल रसिदले २-२ विकेट लिए । बेन स्टोक्स एक विकेट हात पारे ।
सेमिफाइनलमा पाकिस्तानले न्यूजिल्यान्डलाई ७ विकेट तथा इंग्ल्यान्डले भारतलाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
पाकिस्तान र इंग्ल्यान्ड दुवैले एक-एक पटक उपाधि हात पारेका छन् । सन् २००९ मा इंग्ल्यान्डमा भएको फाइनलमा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको थियो । त्यसैगरी, सन् २०१० मा वेस्ट इन्डिजमा भएको फाइनलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै उपाधि चुमेको थियो ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Cdpc4ToQ7q_x9fidgmvryhopolo8mz3benqrutcrf6etxnf32cgsjepgurreska56ykddsw.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया