विश्वकपका लागि आयोजक कतारको टिम घोषणा
काठमाडौँ- आयोजक कतारले फिफा विश्वकप फुटबलका लागि २६ सदस्यीय टिमको घोषणा गरेको छ । कतार समूह ‘ए’ रहेको छ । यस समूहमा इक्वेडर, सिनेगल र नेदरल्यान्ड्स पनि रहेका छन् ।
कतारले आफ्नो पहिलो खेल इक्वेडरविरुद्ध नोभेम्बर २०, दोस्रो खेल सिनेगलविरुद्ध नोभेम्बर २५ तथा अन्तिम खेल नेदरल्यान्ड्सविरुद्ध नोभेम्बर २९ मा खेल्ने तालिका रहेको छ ।
कतारको स्पेनिस मुख्य प्रशिक्षक फेलिक्स सान्चेजले टिममा अब्देलरहमान मुसतफालाई भने समेटेका छैनन् ।
कतारको टिमः कप्तान हसन अल हाएडोस, अक्रम अफिफ, बाउलेम खोउखी, पेड्रो मिगुएल, साद अल शिब, तारेक सल्मान, अबदुल करिम हसन, अली असाद, मुहम्मद वाड, मिशाल बार्शिम, मुसाब खेडर, सालेम अल हाजरी, मुस्ताफा तारेक मिशाल, इस्माइल मुहम्मद, बसम अल-रवी, असिम माडबो, करिम बाउडिएफ, अल-मोएज अली, मुहम्मद मुन्तारी, अहमद अला, हमाम अल-अमिन, युसुफ हसन, अब्दुलाजिज हातेम, नाइफ अल हादरमी, खालिद मुनिर र जासेम जाबेर ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया