बागमती प्रदेशको पाँचौ प्रमुख सचिवमा डा. मुकुन्द पौडेल

हेटौंडाः बागमती प्रदेशको पाँचौ प्रमुख सचिवको रूपमा डा. मुकुन्दप्रसाद पौडेलले आजबाट जिम्मेवारी सम्हालेका छन् । यसअघि उनले बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिवको रूपमा २०७६ भाद्र २३ गतेदेखि ७७ साल साउन ९ गतेसम्म काम गरेका थिए ।
गएको ३ वर्षको अवधिमा प्रदेशको प्रमुख सचिवको रूपमा तोयम राय, आनन्दराज ढकाल र रेश्मिराज पाण्डेले काम गरिसकेका छन् । प्रदेशमा प्रमुख सचिव र सचिवहरूको एक वर्षभन्दा कमै समयमा सरुवा तथा बढुवा हुँदै आएको छ । बागमती प्रदेशको मन्त्रालयगत अवस्था हेर्दा सचिवहरूको टर्नओभर धेरै भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमा हालसम्म नौ जना सचिवहरू परिवर्तन भएका छन् । नवौ सचिवको रूपमा अहिले यज्ञप्रसाद ढुंगेल सरुवा भएर आइपुगेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा ४ जना सचिवहरूले हालसम्म काम गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा चौथो सचिवका रूपमा मदन भुजेल कार्यरत छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा पाँचौं सचिवको रूपमा डण्डुराज घिमिरेले छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पाँचौं सचिवको डा. मतिना वैद्य जोशी छन् । यसैगरी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा हालसम्म एक जना सचिव परिवर्तन भएका छन् ।
यसरी मन्त्रालयमा आउने सचिवहरूले एक महिनादेखि बढीमा एक वर्षसम्म काम गरेका छन् । प्रदेशमा सचिवहरु छिटो छिटो परिवर्तन हुँदा मन्त्रालयगत प्रगति भने बढ्न सकेको छैन ।

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

प्रतिक्रिया