सिटी पराजित हुँदा आर्सनललाई ५ अंकको अग्रता

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डसँग म्यानचेस्टर सिटी पराजित हुँदा आर्सनलले ५ अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डले सिटीलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।
ब्रेन्टफोर्डको जितमा इभान टोनीले दुबै गोल गरे । सिटीका लागि एकमात्र गोल फोडेनले गरे । अर्कोतर्फ शीर्ष स्थानको आर्सनलले उल्भ्सलाई २-० गोल अन्तरले पाखा लगायो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुवै गोल गरे ।
जितसँगै आर्सनलले १४ खेलबाट ३७ अंक जोडेको छ भने दोस्रो स्थानको सिटीको केवल ३२ अंक छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया