बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

बैशाख १०देखि पशुपति दर्शनमा रोक

काठमाडौँ : पशुपति क्षेत्र विकास कोषले सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोभिड-१९ संक्रमण फैलिएकोले अर्को व्यवस्था नभएसम्मका पशुपतिनाथ दर्शनमा रोक लगाएको हो । वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएको कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले विज्ञप्‍तिमार्फत् जानकारी दिएका छन् ।