एपीएफले जित्याे पीएम कप एकदिवसीय पुरुष क्रिकेटको उपाधि

काठमाडौँ- विभागीय टोली एपीएफ क्लबले पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । उपाधिसँगै एपीएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ ।
उपविजेता बनेको आर्मीले ५ लाखमा चित्त बुझाएको छ । सेमिफाइनलबाट बाहिरिएका पुलिस क्लब र मधेश प्रदेशले ५०/५० हजार प्राप्त गर्यो । विवादका कारण ढिला सुरु भएको खेल ४० ओभरमा झारिएको थियो । खेलमा आर्मीले एपीएफलाई जितका लागि १ सय ८० रनको लक्ष्य दएको थियो ।
आर्मीले दिएको लक्ष्य एपीएफले ३८ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । एपीएफको जितमा भुवन कार्कीले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ खेले । आर्मीका जितेन्द्र मुखियाले २ विकेट लिए । सोमपाल कामी, बिक्रम सोब र सुशन भारीले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ३९ ओभरमा अलआउट हुदै १ सय ७९ रन बनाएको थियो । आर्मीका युवा ब्याटर तथा राष्ट्रिय टोलीका नवनियुक्त कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_UiA1YsFJqd_klge8ne9itg8vmwphnweowmay0zgrcodkpvqo3j8dtkjpyzyx3dk0eje1duw.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया