पाकिस्तान र इंग्ल्यान्डले टी-ट्वान्टी विश्वकपको उपाधि बाँड्ने सम्भावना
काठमाडौँ- अस्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि पाकिस्तान र इंग्ल्यान्डले बाँड्ने सम्भावना बढेको छ । पाकिस्तान र इंग्ल्यान्डबीच आइतबार मेलवर्न क्रिकेट ग्राउन्डमा फाइनल हुने तालिका रहेको छ ।
तर आइतबार मेलवर्न क्रिकेट ग्राउन्डमा भारी वर्षा हुने मौसम पूर्वानुमान गरिएको आईएएनएसले जनाएको छ । त्यसैगरी, रिजर्भका लागि रहेको सोमबार पनि वर्षा हुने पूर्वानुमान गरिएको छ ।
मेलवर्न मौसम विज्ञान ब्यूरोले आइतबार आँधीको सम्भावनाका साथ शतप्रतिशत वर्षाको सम्भावना रहेको भविष्यवाणी गरेको छ । रिजर्भ दिन पाँच देखि १० मिलिमिटर वर्षाको ९५ प्रतिशत सम्भावना रहेको छ ।
यदि आइतबार र सोमबार दुवै दिन खेल हुने सकेन भने पाकिस्तान र इंग्ल्यान्डले उपाधि बाँड्नेछन् । तर आईसीसीले भने कम्तिमा पनि १० ओभरको खेल हुन सक्ने सम्भावना रहेको जनाएको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_a9iP2NJs2A_hjv0iacccblvcz9ajwcmhtsavaafy2u1wwwnahibu3ygokha2pydxuzvawxh.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया