नेपालविरुद्ध मलेसिया : बलिङ राम्रो, ब्याटिङ झनै राम्रो

काठमाडौँ:त्रिकोणात्मक टि-ट्वान्टी श्रृंखलाको अन्तिम राउण्ड रोबिन खेलमा बिहीबार नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । यसअघि नै श्रृंखलाको फाइनलमा पुगिसकेको नेपालले मलेसियालाई दोस्रो भेटमा पनि हराएपछि चार खेलबाट छ अंक बनायो । अंक तालिकाको दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले चार खेलबाटै पाँच अंक बनायो । मलेसियाले भने एक खेल पनि जित्न सकेन ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेललमा टस हार्दै नेपालले पहिले ब्याटिङ गर्यो । करण केसीले विष्फोटक ब्याटिङ गरेपछि नेपालले निर्धारित २० ओभरमा २१७ को योगफल तयार गर्यो । करणले १३ बल सामना गर्दा ४५ रन बनाए ।
त्यसअघि नेपालका लागि ओपनरद्वय आशिफ र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मंंगलबार नेदरल्यान्ड्ससँगको खेलमा शून्यमा आउट भएका आशिफले मलेसियाविरुद्ध ३२ बलमा ४२ रन जोडे । त्यस्तै पछिल्ला तीन खेलमा अर्धशतक बनाएका कुशलले भने १६ रन बनाए ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान ज्ञानेन्द्रले २५ बल सामना गर्दा ४१ रन बनाए । त्यस्तै, दिपेन्द्र सिंह ऐरीले १७ बलमा ३३ रन बनाए । कुहल मल्लले नेपालका लागि १९ रन थपे ।
बलिङतर्फ मलेसियाका तीन बलरले दुई-दुई विकेट लिए । फिट्री शाम, अनवर रहमान र सैयद अजिजको नाममा दुई-दुई विकेट रहँदा मुहम्मद वाफिखले एक विकेट हात पारे ।
२१८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९.१ ओभरमा १४८ रन बनायो । मलेसियाका ब्याट्सम्यानहरुले खराब सुरुवात गरे । ओपनरद्वय सैयद अजिज र अनवर अरुद्विन त्रमशः चार र छ रनमा पभेलियन फर्के । अजिजलाई सोमपाल कामीले एलबीडब्लु धरापमा पारे । अरुद्विन पनि सोमपालकै बलमा आउट भए । मलेसियाको इनिङ सम्हाल्ने प्रयास गरेका कप्तान अहमद फैजले २१ बलमा ३१ रन बनाए । त्यस्तै मध्यक्रमका अमिनुद्विन राम्लीले सर्वाधिक ४१ रन जोडे ।
नेपालका लागि कमल ऐरी, सोमपाल कामी र सन्दिप लामिछानेले तीन-तीन विकेट लिए । कमल र सोमपालले किफायती बलिङ गरे । कमलले १६ रन खर्चिए भने सोमपालले २० रन दिए । त्यस्तै शुसन भारीको नाममा एक विकेट रह्यो ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया