त्रिविका सबै क्याम्पस मंसिर १ देखि ५ गतेसम्म बिदा हुने

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै मंसिर १, २ र ५ गते बिदा हुने जनाएको हाे ।
अधिकांश क्याम्पस र कार्यालयहरूमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको र त्यहाँका कर्मचारीहरू निर्वाचन कर्मचारीको रूपमा खटिएका कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकाले बिदा दिर्ने निर्णय गरेको जनाएको छ ।
महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बिदा दिने तोकिएको दिनहरूमा त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस/कार्यलयहरूमा विदा दिने निर्णय भएको बताए ।

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

प्रतिक्रिया