युभेन्ट्स चौथो स्थानमा उक्लियो

काठमाडौँ- हेलास भेरोनालाई पराजित गर्दै युभेन्ट्स विश्वकप अघिको विश्राममा इटालियन सिरी ए को चौथो स्थानमा उक्लिएको छ ।
बिहीबार राति १० खेलाडीमा सिमित युभेन्ट्सले भेरोनालाई १-० ले पराजित गरेको हो । युभेन्ट्सको जितमा मोइस केअनले ६०औं मिनेटमा निर्णायक गोल गरे ।
खेलको अन्तिममा एलेक्स सान्ड्रोले रातो कार्ड पाउँदा युभेन्ट्स १० खेलाडीमा सीमित भयो ।
जितपछि युभेन्ट्स १४ खेलबाट २८ अंक सहित चौथो स्थानमा रह्यो । समान खेलबाट ३८ अंक बनाएको नापोली शीर्षस्थानमा छ । भेरोना रेलिगेशन क्षेत्रमा छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया