एमालेले सूर्य चिह्न राप्रपा नेपाललाई बेच्याे : सिग्देल

मकवानपुर- नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देलले नेकपा एमालेले हालसम्मको प्राप्त उपलब्धि र सूर्य चिह्न राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बेचेको आरोप लगाएकी छिन् ।
हेटौंडामा भएको गठबन्धनको अगुवा कार्यकर्ता भेलामा उनले अब मकवानपुरका एमाले नेताहरूले कम्युनिष्ट भन्न छोडिदिए हुने बताइन् । ‘संविधान निर्माणार्थ सुझाव संकलनका क्रममा पल्पसा हलमा नेकपा एमालेका नेताहरूलाई व्यवस्था विरोधीहरूले आक्रमण गर्दा रामेश्वर राना लगायतका नेताहरूलाई मीना लामा र म भएर जोगाएका थियौं,' उनले भनिन्, 'मैले मेरो नेतालाई चोट खानबाट जोगाएको थिएँ । आज त्यही नेताको टिकट खोसेर कुर्सी हान्नेलाई केपी ओलीले टिकट दिए ।'
'अहिले एमालेका कार्यकर्ताले त्यस्ता व्यक्तिलाई कसरी भोट मागेर हिँड्न सकेका छन् अचम्म लाग्छ,’ सिग्देलले भनिन्, ‘कम्युनिष्टको पगरी गुथेर कमल थापा बोकेर हिँड्नेहरूलाई यस चुनावमा रुखमा छाप लगाएर जवाफ दिनुपर्ने बेला आएको छ ।’ ९ पटक चुनावमा उठेर पटक-पटक मन्त्री समेत हुँदा जिल्लाको विकासमा सिन्को नभाँचेका दमनकारीलाई एमालेले बोकेर हिँडेको भन्दै उनले मुलुकको आन्दोलन र प्राप्त उपलब्धिको विरुद्धमा जानेहरूलाई ठेगान लगाउने बेला आएको बताइन्।
मकवानपुरमा एमालेले एउटा पनि सिट जित्न नसक्ने दाबी गर्दै उनले गठबन्धन दल एकढिक्का रहेको बताइन् । ‘मकवानपुरको क्षेत्र नम्बर १ र प्रदेश सभा ‘ख’ मा हामी सबैको साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र आनन्दराम पराजुली नै भन्दै यहाँ मत हाल्नुपर्ने अरू कुनै चिह्न छैन,' एनले भनिन् ।
एमालेका साथीहरूले समेत रुखमा मतदान गर्नुपर्छ । केपी ओलीले बेचेको सूर्य चिह्न अब एमालेको नभएकोले चुनाव चिह्नलाई माया गरिरहन नपर्ने उनको भनाइ थियो। उनले देशलाई जोगाउने हो भने गठबन्धनले जित्न जरुरी रहेको समेत बताएकी छिन् ।

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

प्रतिक्रिया