आइपीएल क्रिकेट : इयोन मोर्गानलाई जरिवाना

काठमाडौँ: इन्डियन प्रिमियर लिगको कोलकाता नाइट राइडर्सका कप्तान इयोन मोर्गानलाई १२ लाख भारु जरिवाना गरिएको छ । बुधबार चेन्नाई सुपर किंग्सँगको खेलमा कोलकाताका बलरहरुले निर्धारित भन्दा बढी समय लगाएर बलिङ गरेको भन्दै टिम कप्तान मोर्गानलाई जरिवना गरिएको हो ।
‘कोलकाताले आइपीएलको आचार संहिता तोडेकाले टिम कप्तानलाई जरिवाना गरिएको हो,’ आइपीएलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । आइपीएलको नयाँ सिजनमा जरिवाना भोग्ने मोर्गान तेस्रो कप्तान हुन् । यसअघि मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा र चेन्नाई सुपर किंग्स्का कप्तान महेन्द्र सिंह धोनीलाई पनि जरिवना गरिएको थियो ।
पहिलो पटक आचार संहिता तोड्दा टिम कप्तानलाई १२ लाख जरिवाना गराउने नियम छ । दोस्रो पटक पनि पनि आचार संहिता तोडे, कप्तानले २४ लाख तिर्नुपर्ने हुन्छ । तेस्रो पटक पनि गल्ती दोहोरिए ३० लाख र एक खेल प्रतिबन्धको व्यवस्था छ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया