प्रदेश १ मा आज सार्वजनिक बिदा, राष्ट्रिय झण्डासमेत झुकाइने

काठमाडौँ - प्रदेश १ सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ । प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो ।
प्रदेश सरकारले राष्ट्रिय झण्डासमेत झुकाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्री थापाको उपचारकै क्रममा बुधबार बिहान विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निधन भएको थियो।
थापा नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (क) बाट मंसिर ४ मा हुने चुनावका लागि उम्मेदवार थिए । थापा २०७४ सालमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य भएका थिए। थापाका श्रीमती, एक छोरी र एक छोरा छन् ।

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

प्रतिक्रिया