प्रदेश १ का वनमन्त्री एवं कांग्रेस उम्मेदवार थापाको निधनले प्रधानमन्त्री देउवा स्तब्ध

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री एवं मोरङ ३ (क) का कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
‘प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री एवं मोरङ क्षेत्र नम्वर ३ (१) का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाजीको निधनको खवरले स्तव्ध भएको छु। उनको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले जारी गरेको शोक सन्देशमा भनिएको छ ।
थापा २०७४ सालमा समानुपातिक सांसद निर्वाचित भएका थिए । यो पटक उनलाई पार्टीले प्रदेशमा प्रत्यक्षतर्फको टिकट दिएको थियो । वनमन्त्री थापाको बुधबार बिहान नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएका हो ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया