बार्सिलोनाका पूर्वअध्यक्ष बार्तामेउको सुपर लिग सपना
काठमाडौँ : युरोपका ठूला क्लबहरूको सुपर लिग सपना तुहिएको छ । सुरुमा इंगल्यान्डका छ क्लब र इटालीका तीन क्लबले सुपर लिग समूह छाडेपछि च्याम्पियन्स लिगको विकल्पका रुपमा प्रस्तुत प्रतियोगिता अहिलेलाई टरेको छ ।
युरोपियन अखबारहरूमा रियल म्याड्रिडका अध्यक्ष फ्लोरिन्टनो पेरेजलाई सुपर लिगको योजना बनाउने व्यक्तिको रुपमा प्रस्तुत गरियो । सुपर लिगको अध्यक्ष पनि उनै भएकाले पेरेजलाई ‘मास्टरमाइन्ड’ का रुपमा प्रस्तुत गरिनु स्वभाविक हो ।
यद्यपि लोकप्रिय फुटबल गोल डटकमका अनुसार सुपर लिगको योजना बनाउन मुख्य भूमिका खेल्ने बार्सिलानाका पूर्व अध्यक्ष जोसेप मारिया बार्तोमेउ हुन् । गोल डटकमका अनुसार सुपर लिगको योजना २०१५-१६ सिजन दौरान बनेका थियो । तर त्यसबखत युरोपियन क्लबहरुरूको संगठन इसीए र युरोपियन फुटबल महासंघ (युइएफए) बाट विरोध भयो ।
केही समयपछि पनि भने युभेन्टसका अध्यक्ष आन्देइ आग्नेली र पेरेज पनि सुपर लिगमा बलियो ढङ्गले लागेको गोल डटकमले लेखेको छ । बार्तामेउ र उनका सहयोगीहरू सुपर लिगको सूचना नचुहियोस भने सतर्क रहेको पनि बताइएको छ ।
बार्सिलोना बोर्डलाई सुपर लिगको सूचना दिने समयमा बार्तामेउले क्लबको अध्यक्ष पदबाटै राजीनामा दिनुपर्यो । जसका कारण बार्तामेउ सुपर लिगको बाँकी काममा लाग्न पाएनन् ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया