शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

नरेश थापा सहायक प्रशिक्षक नियुक्त

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले नरेश थापालाई राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त गरेको छ । नोभेम्बर १६ तारिखमा पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण फुटबल खेलका लागि थापालाई सहायक प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले थापालाई नियुक्तिपत्र हस्तान्तरण गरे ।

नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।