आफ्नै बुबासँगको मुद्दा हारिन् ब्रिट्नीले

लसएञ्जल्स: गायिका तथा अभिनेत्री ब्रिट्नी स्पयर्सले आफ्नै बुबासँगको मुद्दा हारेकी छिन् । ब्रिट्नीले बुबालाई आफ्नो सम्पत्तिको संरक्षकको रुपमा हटाउन गरेको आग्रहमा लसएञ्जल्स कोर्टले बुबाको पक्षमा फैसला गरेको हो । ब्रिट्नीको बुबा जेम्स स्पेयर्स सन् २००८ देखि ब्रिट्नीको सहसंरक्षक रहँदै आएका थिए । सन् २०१९ देखि भने जेम्स एकल संरक्षकको रुपमा रहँदै आएका थिए ।
ब्रिट्नीले बुबालाई त्यो जिम्मेवारीबाट नहटाए आफूले फिल्म न गीत केही पनि खेल्ने÷गाउने नगर्ने बताएकी थिइन् । तर, जेम्सका वकिलले भने जेम्सले संरक्षकको जिम्मेवारी पाएसँगै ब्रिट्नी ऋणबाट मुक्त भएको दाबी गरेका थिए । गत हप्ता मात्र अदालतले भने ब्रिट्नीलाई संरक्षकको समूहमा नयाँ सदस्य पनि थप्न सक्ने बाटो खुला गरेको थियो ।
सन् २००७ मा ब्रिट्नी स्पेसर्यको ‘मेन्टल ब्रेकडाउन’ भएको खबर सार्वजनिक भएको थियो । यही समयदेखि जेम्सले संरक्षकको जिम्मेवारी सम्हालेका थिए ।
पछिल्ला दिनमा भने बाबुबाट आफूलाई सुरक्षा नभएको भन्दै ब्रिट्नीले संरक्षकको रुपमा नयाँ मानिस सिफारिश गर्दै आएकी छिन् । तर, अदालतको मंगलबारको निर्णयले ब्रिट्नीको यो चाहानामा धक्का लागेको छ ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया