आत्महत्या प्रयासको खबरमा गायक प्रकाश दूतरातको स्पष्टिकरण : एक छिन हराउनु मर्नु हैन है

काठमाडौँ - अष्ट्रेलियामा आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दूतराजले आत्महत्या प्रयासको खण्डन गरेका छन् । उनले कवितात्मक शैलीमा फेसबुक स्ट्याटस लेख्दै एकान्तमा बस्ने आफ्नो बानी भएको र अष्ट्रेलियामा पनि त्यसैगरी बसेको कुरालाई लिएर गलत समाचार आएको उनको भनाइ छ । उनले लेखेका छन् - ‘कहिलेकाहीँ हराइदिन्छु , यसै यसै . .
कहिले हरियाली पाखा पखेरी , उकाली –ओराली चौतारी अनि देउरालीहरुसँगै . . कहिँ उजाड बगर , मरुभूमिहरुसँगै बालुवा झैं उडिदिन्छु . .
कहिले समुन्द्रका छालहरुले अँगाल्दै गहिराईमा पुर्याई डुबाइ दिन्छन् . . कहिले अँध्यारो बन्द कोठा भित्र घण्टौसम्म आफँैलाई थुनिदिन्छु . .
हजारौं कोशिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन । यसलाई रोग भनु या मेरो विशेषता ।’
उनले आत्महत्याको खबर पढेर आफूलाई असजिलो लागेको र खबर सुनेपछि आमाले पनि गाली गरेको उल्लेख गरेका छन् । यतिगर्दा गर्दै पनि उनले समाचारको भने खण्डन गरेका छन् । ‘गलत बुझाइ तथा सूचनाका आधारमा प्रकाशित समाचाहरुले मलाई माया गर्नु हुने, सदा आशीर्वाद दिनुहुने हजुरहरु सबै सबैमा पर्न गएको असरप्रति क्षमा माग्दछु’उनले लेखेका छन् ।
अष्ट्रेलियाको ब्रिजबनमा गायिका भूमिका गिरीसँगै सांगीतिक कार्यक्रम गर्न गएका प्रकाशको हिजा आज नै नेपाल फर्कने कार्यक्रम रहेको थियो । ब्रिसबनको एउटा अपार्टमेन्टमा रहेका प्रकाशले ढोका खुल्लै राखेर आत्महप्ताको प्रयास गरेको थाहा पाएपछि आफूले उद्धार गरेको भूमिकाको भनाइ छ ।
प्रकाशका 'घर कता हो बैनीको', 'जाम भो माइली', 'चोली मैलो भो' लगायतका गीत चर्चित छन् । लोकलयलाई समातेर अहिलेको पुस्ताले रुचाउने गरी गीत बनाएका कारण उनका धेरै गीत लोकप्रिय छन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया