बजार घट्दा पनि दुई कम्पनीको सेयरमा सर्किट ब्रेकर

काठमाडौँ : सेयर बजारको नियमित परिघटना ‘सेल इन मे एण्ड गो अवे’ को शैलीमा बजार घट्न थालेको छ । साताको अन्तिम कारोबार दिन शुरुवाती कारोबारमा बजार ओरालो लागिरहेको छ । बजार घट्दा पनि दुईओटा कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । बुधबार कारोबार खुला भएको विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । विशाल बजार कम्पनीको सेयर मूल्य २८८ रुपैयाँ प्रतिकित्ताले बढेर ३,१६८ रुपैयाँ र सिन्धु विकास बैंकको सेयर २६ रुपैयाँ प्रतिकित्ताले बढेर २८६ रुपैयाँ पुगेको हो ।
विशाल बजार कम्पनीकोको सेयर कारोबार नेप्सेले माघ १९ देखि रोक्का राखेकोमा झण्डै तीन महिनापछि खुला गरेको हो । पाँच आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण नबुझाएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दोस्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो । नेप्सेले आर्थिक वर्ष २०७३-७४ यताको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण माग गरेकोमा विशाल बजारले सबै वर्षको वित्तीय विवरण र आर्थिक वर्ष २०७७-७८ को पुस मसान्तसम्मको वित्तीय विवरण बुझाएपछि कारोबार फुकुवा गरिएको थियो ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया