५७.३ मेगावाटको म्याग्दी खोलामा १०.७४ अर्बको लगानी सम्झौता

काठमाडौं- हाइड्रो भिलेज प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको म्याग्दी खोला हाइड्राे पावर परियोजनाको आज वित्तीय व्यवस्थापनमा हस्ताक्षर भएको छ।
कुल १० अर्ब ७४ करोड लागत रहेको उक्त आयोजनामा नेपाल बैंक लिमिटेड ७० प्रतिशत लगानी रहनेछ। आयोजनाको प्रवदर्द्धक र ऋण लगानी बैंकहरूबीच सोमबार सम्झौता भएको छ । सम्झौता अनुसार आयोजनामा बैंकहरुले गर्न लागेको लगानी कूल लागतको ७० प्रतिशत हो । बाँकी ३० प्रतिशत स्वपूँजी लगानी रहनेछ।
आयोजना सम्पन्न गर्न १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको काम २०८२ चैतमा सम्पन्न गर्ने
सम्झौता पत्रमा हाइड्रो भिलेज अध्यक्ष रामेश्वर थापा र बैंक प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
आयोजनालाई जाेड्ने २४ किलोमिटर लामो पहुँच मार्ग निर्माणको तयारी भइरहेको कम्पनीले जनाएको छ । धौलागिरि गाउँपालिकाको दोभानमा आयोजनाको बाँध निर्माण हुनेछ । बगर भन्ने स्थानमा विद्युतगृह निर्माण हुनेछ । आयोजना पूरा भएपछि सुख्खायाममा १०३.११ गिगावाट र वर्षामा २३२.८८ गिगावाट घन्टा गरी वार्षिक ३३४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया