कुमारी बैँक लिमिटेडको बाइसौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ- कुमारी बैँक लिमिटेडको बाइसौं वार्षिक साधारण सभा सोमबार कुमारी बैँक लिमिटेड, नक्साल कार्यालय, काठमाडौंमा संचालक समितिका अध्यक्ष अमिर प्रताप ज. ब. राणाको अध्यक्षतामा सम्पन्न भयो । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेस गरिएको आ.ब. २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७८/७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०७९/८० को लागि वाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरियो भने कुमारी बैंकका शेयरधनीहरुलाई कर प्रयोजन सहित चुक्ता पूँजीको १२.५०% (बाह्र दशमलव पाँच प्रतिशत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कुमारी बैँक लिमिटेडका २३३ सेवा केन्द्रहरू (१९९ शाखा र ३४ एक्सटेन्सन काउण्टर) तथा १९५ वटा एटिएमहरु मार्फत ग्राहकहरुलाई विविध प्रकारका नवीनतम् एवं आधुनिक उत्पादन र सेवा प्रदान गर्दै आएको, प्रदान गर्ने सेवामा आधुनिक प्रविधिको प्रयोगबाट वित्तीय बजारमा विशिष्ट स्थान बनाउन सफल भएको, भिसा इलेक्ट्रोन, डलर डेबिट कार्डहरु नेपाल, भारत र संसारभरी न भिसा को संजाल मार्फत पहुँचगम्य भएको, साथै नवीनतम् प्रविधिको उपयोग गर्दै कुमारी फोनपे कर्जा सेवा प्रदान गर्दै आएको छ ।
कुमारी बैँक लिमिटेडको आ.व.२०७८/७९ मा चुक्ता पूँजी रु. १४ अर्ब ७१ करोड भन्दा बढी रहेको छ भने आ.व.२०७९/८० को प्रथम त्रैमाससम्म निक्षेप रु.१ खर्व ७३ अर्व र कर्जा, सापटी तथा अधिविकर्ष रु.१ खर्व ६१ अर्व तथा नाफा रु. १ अर्ब १४ लाख रहेको छ ।
कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहकवर्ग, संस्थापक तथा सर्वसाधारण शेयरधनी, संचार जगत, बैंकसंग सम्बन्धित विभिन्न सरकारी एवं नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारी वर्गको अहिले सम्म प्राप्त सहयोग, सदभाव तथा विश्वास आगामी दिनमा पनि निरन्तर रहिरहने अपेक्षा राख्दै आगामी दिनमा ग्राहकहरुलाई अझ छिटो, छरितो र सरल बैकिङ्ग सेवा दिने क्रम जारी रहने बैंकले जनाएको छ।

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_Sdo2BLl8Zj_mitqknbzlkbeypnrh0a4l9lrpvkhda2vawyakdoriom5gpyn3muj5amio6d7.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया