कोहलीलाई ‘प्लेयर अफ द मन्थ’ अवार्ड
काठमाडौँ- भारतीय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहलीले अक्टोबर महिनाको ‘आईसीसी प्लेयर अफ द मन्थ’ अवार्ड जितेका छन् ।
आईसीसीले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार पूर्व कप्तान कोहलीले जिम्बाब्वेका सिकन्दर राजा र दक्षिण अफ्रिकाका डेभिड मिलरलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् ।
३३ वर्षीय कोहलीले अस्ट्रेलियामा जारी टी-ट्वान्टी विश्वकपमा पाकिस्तानविरुद्ध अविजित ८२ रनको योगदान गर्दा भारतले जित हात पारेको थियो ।
पाकिस्तानविरुद्ध १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा एक समयमा ३१ रन जोड्दा ४ विकेट गुमाइसकेको अवस्था रहे पनि कोहलीले भारतलाई जित दिलाएका थिए ।
भारत अहिले विश्वकपको सेमिफाइनलमा पुगिसकेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया