यो वर्षको निफ हाइब्रिड हुने

काठमाडौ : नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल निफ यो पटक हाईब्रिड हुने भएको छ । कोभिडका कारण परिस्थिति जटिल बन्दै गएको र नेपाल सरकारको नयाँ मापदण्ड जारी भएको हुनाले यसपटकको निफका केही इभेन्टहरु प्रत्यक्ष र केही अनलाइन हुने भएको हो ।
सरकारको निर्देशन अनुसार नै उदघाटन र समापन समारोह मापदण्ड अनुसार गरिने छ तर त्यसलाई विभिन्न माध्यमहरुबाट प्रत्यक्ष प्रसारण गरी अझ धेरै दर्शकसम्म पुर्याइने छ । त्यसैगरी फेस्टिभलका चलचित्रहरुलाई भने अनलाइन माध्यमबाट प्रसारण गरिनेछ, जसलाई दर्शकहरुले घरमै बसेर हेर्न सक्ने सुविधा हुनेछ ।
फेस्टिभलको अर्को महत्वपूर्ण अंगको रुपमा रहेको विभिन्न विषयगत बहसको कार्यक्रम भने प्रत्यक्ष आयोजना गरी विभिन्न अनलाइन माध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ जसमा दर्शकहरुले सहभागिता जनाउन सक्नेछन् ।
‘तयारी त हाम्रो भौतिक रुपमै गर्ने गरी भइरहेको हो, भौतिक रुपमै गर्नका लागि नै हामीले नियमित सेड्युलबाट सारेर वैशाखमा ल्याएका थियौं, तर परिस्थिति अनुकुल नभएकोले यसपटक हामीले हाइब्रिड गर्न बाध्य भयौं । तर यसले हामीलाई अझ धेरै दर्शक सम्म पुग्ने अवसर सिर्जना गरिदिएको छ । पहिला हामीसँग फेस्टिभल आयोजना स्थल सम्म आउने दर्शक मात्र हुन्थे भने अब संसारभरिका दर्शक हामी सँग हुनेछन् ।
यसले निफलाई दर्शकका पहुँचको हिसाबले पनि विश्वव्यापी बनाउनेछ भन्ने विश्वास गरेका छौं ।’ फेस्टिभलका अध्यक्ष केपी पाठकले बताएका छन् । चौथो संस्करणमा आयोजना हुनलागेको निफ यसअघि हरेक वर्ष फेब्रुअरीमा हुने गरेको थियो ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया