टोपबहादुर रायमाझी भन्छन्- अहिलेको गठबन्धन लेदो र खुदो मिसाएको कक्टेल जस्तो

बुटवल- नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा टुक्रा भएर भत्किने दाबी गरेका छन् । सोमबार बिहान सन्धिखर्कमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता रायमाझीले शक्ति सन्तुलनमा समस्या भएर गठबन्धन विभाजन हुने बताए ।
‘एउटा पार्टीलाई मिलाउन त कति समस्या छ’ रायमाझीले भने,‘गठबन्धन पछि फुट्छ । गठबन्धनभित्रका दलहरु पनि विभाजन हुन्छ । देश ध्रुवीकरणमा जान्छ । त्यसपछि देश टु पार्टी सिस्टममा जान्छ ।’ गठबन्धन मात्र नभई गठबन्धनभित्रका दलहरुमा पनि आन्तरिक विभाजन आउने दावी रायमाझीले गरे ।
रायमाझीले गठबन्धन अहिले एजेण्डाविहीन भएको समेत दाबी गरे । गठबन्धनका कुनै एजेण्डा नरहेको उनको दाबी छ । ‘कांग्रेस र कम्युनिस्ट छुट्याउन गाह्रो छ । अहिलेको गठबन्धन लेदो र खुदो मिसाए जस्तो छ । कांग्रेस ‘ककटेल’ जस्तो भएको छ,’ रायमाझीले भने ।
सत्तामा बसेका दलले प्रतिपक्षलाई हराउन गठबन्धन विश्वमा कहीँ नहुने बताउँदै चुनावमा एमालेले बहुमत ल्याएर सरकार बनाउने नेता रायमाझीको भनाइ छ ।
गठबन्धन केही एजेण्डा नभएको रायमाझीले बताए । उनले अर्घाखाँचीमा भारी मतका साथ एमालेले प्रतिनिधिसमा र प्रदेशसभाको निर्वाचनमा जित निकाल्ने बताए ।
आफूले जिल्लामा समृद्ध अर्घाखाँचीको विकास गर्न ठूलो काम गरेको बताउँदै आफूले जिल्लामा १२ अर्बको विकास आयोजनाको काम गरेको बताए ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया