उचित वित्तीय सेवा पाइएन या ठगीयो भने अनलाइनबाटै राष्ट्र बैंकमा उजुरी दिन सकिने

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था, एजेण्ट, भुक्तानी सेवा सञ्चालक, भुक्तानी सेवा प्रदायकसँग सेवा लिदाँ कुनै गुनासो भए अनलाइनबाटै नेपाल राष्ट्र बैंकलाई जानकारी गराउन सक्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक संरक्षणका लागि सञ्चालनमा ल्याएको वेव पोर्टलमार्फत् अब प्रत्यक्ष रूपमा वित्तीय क्षेत्रको नियामक निकाय राष्ट्र बैंकमा गुनासो गर्न पाइने भएको हो ।
पछिल्लो समय डिजिटल भुक्तानी प्रचलनमा आएपछि कारोबार नभए पनि खाताबाट रकम काटिएको, एटीएम कार्डहरूको प्रयोग गर्दा खाता डेबिट भइ गुनासो गर्दा पनि पैसा खातामा फिर्ता नभएको लगायतका गुनासा बढेको थिए । त्यस्तै, नेपाल राष्ट्र बैंकले सञ्चालन गरेको सहुलियत कर्जा प्राप्त गर्न कठिन भएको, बैंकले धितो लिलामी गरेको लगायतका जे सुकै गुनासो यस पोर्टलमार्फत् नियामक निकाय नेपाल राष्ट्र बैंकसमक्ष पठाउन सकिने व्यवस्था भएको हो ।

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_KtjfLVo8gs_13ixflwm6w5gllpbowjxys5gvjwdhjufeh9xmdrg59j4svsr3uhwlo9hh5xp.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

प्रतिक्रिया