टी-ट्वान्टी विश्वकप २०२४ मा स्थान बनाउन नेपालसामु केवल एक विकल्प !

काठमाडौँ- आईसीसीले गरेको निर्णयअनुसार सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा २० टिमको सहभागिता रहनेछ ।
त्यसमध्ये अहिले अस्ट्रेलियामा जारी टी-ट्वान्टी विश्वकपको शीर्ष ८ मा रहने टिमहरु भारत, पाकिस्तान, इंग्ल्यान्ड, न्यूजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्सले २०२४ को विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् । त्यसैगरी, आयोजकको नाताले वेस्टइन्डिज र अमेरिकाले पनि विश्वकप खेल्ने सुनिश्चित भइसकेको छ ।
यसरी दुई आयोजक तथा टी-ट्वान्टी विश्वकपको शीर्ष ८ मा पर्ने टिम गरी १० टिमको विश्वकपको यात्रा सुनिश्चित भइसकेको छ । आईसीसीले जनाए अनुसार यी १० टिम बाहेक नोभेम्बर १४ सम्म आईसीसीको वरीयताको उच्च स्थानमा रहने दुई टिमले पनि विश्वकपमा स्थान सुरक्षित गर्नेछन् । अहिलेको अवस्था हेर्ने हो भने बंगलादेश र अफगानिस्तानको वरीयता राम्रो देखिन्छ र यी दुई टिम पनि विश्वकपमा पुग्ने लगभग निश्चित जस्तै छ ।
यसको अर्थ अब नेपालसामू विश्वकपमा स्थान बनाउने एक विकल्प मात्र बाँकी रहेको देखिन्छ । त्यो हो बाँकी ८ टिमका लागि हुने क्षेत्रीय छनोट । क्षेत्रीय छनोट भई अफ्रिकाबाट २ टिम, अमेरिकाबाट १ टिम, एसियाबाट २ टिम, इस्ट-एसिया प्यासिफिकबाट १ तथा युरोपबाट २ टिमले विश्वकपमा स्थान बनाउनेछन् ।
एसियातर्फ रिजनल फाइनल अघि दुई वटा सब-रिजनल छनोट प्रतियोगिता हुनेछन् । सब-रिजनल छनोट प्रतियोगिताबाट दुई टिम रिजनल फाइनलमा खेल्नेछन् ।
नेपालले भने सिधैँ रिजनल फाइनल खेल्नुपर्ने हुन्छ र यहाँ नेपालले युएई, ओमान, हङकङ, सिंगापुर र बहराइन जस्ता टिमसँग खेल्दै शीर्ष दुईमा पर्नुपर्ने हुन्छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NzBZSYji9t_mynkge88iwxxacucffdk5b5rziactdcxhckdnb7svmklnr13n8e55lypqxav.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया