कोभिडले रोकियो पाँच देश जाने विद्यार्थीको ‘नो अब्जेक्सन’ पत्र

काठमाडौँ : कोभिड-१९ का कारण शिक्षा मन्त्रालयले दिने वैदेशिक अध्ययन स्वीकृतिपत्र अर्थात ‘नो अब्जेक्सन लेटर’ वितरणको काम रोकेको छ । विदेश पढ्न जाने विद्यार्थीले अनिवार्य रुपमा यो पत्र लिनुपर्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लैनचौर केशरमहलमा रहेको कार्यालयबाट ‘नो अब्जेक्सन’ पत्र वितरण गर्दै आएको थियो ।
तर कोभिड १९ का कारण जोखिम बढ्नुका साथै स्वास्थ्य मापदण्ड लागु भएपछि शिक्षा मन्त्रालयले पत्र वितरण गर्न रोक लगाएको हो । तत्काललाई जापान, अष्ट्रेलिया, चीन, दक्षिण कोरिया र बंगलादेश जाने विद्यार्थीलाई ‘नो अब्जेक्सन’ पत्र वितरण रोकिएको मन्त्रालयले विज्ञप्ति निकालेर जनाएको छ ।
यद्यपी विदेशमा रहेका विद्यार्थीको स्वीकृतिपत्र भने निरन्तर जारी गरिने मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ । नेपाली विद्यार्थी अध्ययनका लागि चीन, जापान र अष्ट्रेलिया धेरै जाने गरेका छन् ।
आज साउन १ : कर्कट (साउने) सङ्क्रान्ति पर्व

आज यस्तो छ तपाईंको राशिफल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका किशोर श्रेष्ठ

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

प्रतिक्रिया