पत्रकार महासंघ जापानको अध्यक्षमा शान्त पहरी

जापान - नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशनले शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको छ। आइतबार टोकियोमा सम्पन्न अधिवेशनबाट १६ मत प्राप्त गरी पहरी अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्ष पदको लागि अन्य तीन जनाको उम्मेदवारी परेको थियो । अन्तिमसम्म सहमति हुन नसकेपछि चुनावी प्रक्रियाबाट अध्यक्ष चुनिएका थिए ।
यसैगरी, उपाध्यक्षमा निर्वाचित रविन्द्र श्रेष्ठ,महिला उपाध्यक्षमा निर्विरोध ईन्दिरा खनाल र सचिवमा राजन गौतम निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष पहरी जापानबाट संचालन भइरहेको मातृसन्देश डटकमका प्रधान सम्पादक हुन्।
कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरी महासंघको अधिवेशनको लागि जापानमा आएका हुन् ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया