कोइरालाको ‘न्यूरोडका झाँकी’ विमोचित

काठमाडौँ : वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले नेपाली साहित्यलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर विश्व बजारमा पु¥याउन आवश्यक भएको बताएका छन् । उनले नेपाली साहित्य उत्कृष्ट हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय पाठकसमक्ष पुग्न नसक्दा पछाडि परेको पनि उनको कथन थियो ।
लघुकथा समाज नेपाल र शिखा बुक्सद्वारा पाटनस्थित जोशीकै निवासमा स्थापित लोक साहित्य भवनमा आज आयोजित साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाको नवीनतम् कथासङ्ग्रह ‘न्यूरोडका झाँकी’को विमोचन समारोहमा उनले सो कुरा बताएकी हुन् ।
नेपाली कथा साहित्यको ढिलोगरी विकास भएको भए पनि पछिल्लो चरणमा आएर कथाका क्षेत्रमा उल्लेख्य उन्नति भएको भन्दै जोशीले कोइरालाको ‘न्यूरोडका झाँकी’ भित्रका कथामा परिवर्तित समाज र परिवेशका कथा भएको बताए ।
उक्त समारोहमा कथामाथि समीक्षात्मक टिप्पणी व्यक्त गर्दै प्रा.डा. कुमारप्रसाद कोइरालाले कथालेखनमा थोरै मात्र कथाकारले पात्रको चरित्र चित्रणमा केन्द्रित भएर कथा लेख्ने गरेको पाइएकोमा तुलसीहरिका कथामा यो विशेषता प्रखर भएर आएको बताए । ग्रामीण परिवेश, मधेश र काठमाडौँका त्रि–परिवेशीय पात्रलाई टिपेर कथा सिर्जना गरिएकाले पाठकप्रिय कथासङ्ग्रह आएको उनले उल्लेख गरे ।
दुई सत्रमा आयोजित उक्त समारोहको पहिलो सत्रमा प्रमुख अतिथि वाङ्मय शताब्दीपुरुष जोशीले लघुकथा समाजद्वारा स्थापित ‘बाटुली–खिलध्वज लघुकथा सम्मान, २०७७’ लघुकथाकार ध्रुव मधिकर्मीलाई प्रदान गरेका थिए । उक्त सम्मानमा सम्मान–पत्रसहित नगद राशि १५,००१।– रहेको थियो ।
लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तित्व ध्रुव मधिकर्मी, पुरस्कार गुठीका तर्फबाट सानुभाइ पण्डित र साहित्यकार मणि लोहनीले पनि बोलेका थिए । शिखा बुक्सद्वारा प्रकाशित ‘न्यूरोडका झाँकी’मा १९ वटा कथा सङ्गृहीत छन् ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया