प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : लुम्बिनी प्रदेशकाे दोस्रो जित

काठमाडौँ- लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ ।
त्रिवि खेल मैदान, कीर्तिपुरमा आइतबार भएको खेलमा लुम्बिनीले प्रदेश १ लाई ३९ रनले पराजित गरेको हो । जितका लागि २९१ रनको लक्ष्य पाएको प्रदेश १ ले ४६ ओभरमा २५१ रन जोड्दा अलआउट भयो । प्रदेश १ का सिद्धान्त लोहनीले ७४, अंकित सुवेदीले ५२, निरज मुखियाले ४६ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २९० रन बनाएको थियो ।
जसमा कप्तान देव खनालले अर्धसतकीय पारी खेल्दै ८९ रन बनाए । यस्तै आकाश त्रिपाठीले ४५,सन्दीप रजालीले ४४, बिशाल विक्रम केशीले ३२, कृष्ण कार्कीले ३१ रन बनाए । जितसंगै लुम्बिनी २ खेलबाट चार अंक जोड्दै तेस्रो स्थानमा पुगेको छ । मधेश पनि समान ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल पुलिस क्लब ६ अंकका साथ यो समूहको शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै मुलपानी क्रिकेट मैदानमा आइतबार नै त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको छ । आर्मीले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३२ ओभर २ बलमा अलआउट हुँदै ९६ रनमा समेटियो । त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीका लागि कप्तान विनोद भण्डारीले अर्धशतकीय इनिङ खेले । उक्त जितसँगै आर्मीले ३ खेलबाट ४ अंक बनाउँदै सेमिफाइनलको सम्भावना कायम राखेको छ ।
पराजित गण्डकीको ४ खेलबाट ५ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ । यस समूहबाट एपीएफ क्लब तीन खेल जितेर सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_6Ij9fhYri6_ep9d7tghgndtto3osfpfewold7ussl9ka20gpypz5uhtebod7nrw2oopfnoo.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया