गोकर्णेश्वरमा कोभिड १९ पोजेटिभलाई निःशुल्क एम्बुलेन्स
काठमाडौँ : गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका कोरोना पोजेटिभ देखिएका बिरामीलाई अप्ठ्यारो भई अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
राजधानीमा दोस्रो चरणको कोरोनाको सङ्क्रमण तीव्र हुन थालेपछि नगरपालिकाले कोरोना पोजेटिभ भई घरमा बसेका नगर क्षेत्रका बिरामीलाई स्वास्थ्य जटिलता भई अस्पताल जानु परेमा निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको नगर प्रमुख सन्तोष चालिसेले राससलाई जानकारी दिए । दोस्रो चरणको भाइरसको सङ्क्रमण तीव्र भएकाले स्वास्थ्य सतर्कता अपनाउन पनि उहाँले नगरवासीमा आह्वान गरेका छन् ।
भौतिक दूरी कायम गर्न, अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र निस्कनुपरेमा अनिवार्य मास्क लगाउनेलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन नगरपालिकाले आह्वान गरेको छ । स्वास्थ्य सतर्कता अपनाउँदा अपनाउँदै कोरोना पोजेटिभ भई स्वास्थ्य जटिलता आएर अस्पताल जानुपर्ने बिरामीले एम्बुलेन्स चालक अर्जुन श्रेष्ठको मोबाइल नं ९८४३०९५४४५ मा सम्पर्क गर्न नगर प्रमुख चालिसेले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच कोरोनाको सङ्क्रमण पुनः फैलन थालेपछि नगरपालिकाले चालू शैक्षिक सत्रको अन्तिम परीक्षा यही वैशाख १६ गतेदेखि गर्न निर्देशन दिएको छ । नगरपालिकाको शिक्षा शाखाले बुधबार सामुदायिक एवं संस्थागत विद्यालयलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो । रासस
फेकन उपाध्यक्षमा खरेलको उम्मेदवारी, पेशागत हितका लागि दर्जनौं योजना सार्वजनिक

भक्तपुरमा अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

धितोपत्र बोर्डमा अख्तियारको छापा

नीति निर्माणमा संलग्न अधिकारीहरू लिए ८ महिने 'पोलिसी लिडरशिप' तालिम

भारत–पाकिस्तान युद्धपछि नेपालमा सुरक्षा समिति बैठक : सीमा र विमानस्थलमा निगर…

४० लाख नगदसहित बिशालबजारबाट दुई हुन्डी कारोबारी पक्राउ

भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पती फिर्ता ल्याउन सरकारले सहयोग गर…

प्रतिक्रिया