रुपन्देही-२ मा एमालेले सार्वजनिक गर्याे चुनावी प्रतिबद्धतापत्र

बुटवल- रुपन्देही-२ मा नेकपा एमालेले आफ्नो चुनावी प्रतिबद्धतापत्र आइतबार बुटवलमा सार्वजनिक गरेको छ ।
प्रतिबद्धतापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवल-गोरुसिङ्गे सडकलाई ६ लेनमा स्तरोन्नती गर्ने बताए । रुपन्देही-२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार पौडेलले ठूला तथा महत्वाकांक्षी योजनाहरू समेटिएको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
विभिन्न १४ वटा क्षेत्रलाई समेटेर तयार पारिएको २५ पृष्ठको प्रतिबद्धतापत्रमा कालिगणडकी-तिनाउ डाइभर्सन, तिनाउ-दानव नदी कोरिडोर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन निर्माण, बुटवलमा मेडिकल कलेज स्थापना लगायतका योजनाहरूलाई समेटिएको छ ।
एमाले उपाध्यक्ष पौडेलले तिनाउ- दानव करिडोर क्षेत्रमा पर्ने बासिन्दाहरूलाई व्यवस्थित र सुविधा सम्पन्न क्षेत्रमा स्थानान्तर गरेर मात्रै योजना अघि बढाइने बताएका छन् । यसैगरी ज्योतिनगर पहिरो लगायतका चुरे संरक्षण तथा बस्ती सुरक्षाका लागि केन्द्रीय नीति बनाएर अघि बढ्ने उल्लेख गरे ।
प्रतिबद्धतापत्रमा एकीकृत विकास र रूपान्तरणकारी पूर्वाधारसहितको बृहत् लुम्बिनी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, आवास तथा भूमि व्यवस्था, युवा उद्यमशीलता, श्रम तथा रोजगारी, पर्यटन, कला र संस्कृति, कृषि र सिँचाइ, सडक, खानेपानी, विद्युत् तथा आधारभूत पूर्वाधार, युवा तथा खेलकुद, महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित एवं उत्पीडित वर्ग र सामाजिक सुरक्षा, सूचना, प्रविधि र सञ्चार, सुशासन र सेवा प्रवाहजस्ता विषयमा विषयगत प्रतिबद्धता रहेका छन् ।

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_QvTn8g0Agv_ybnxdo48bpzqkk2n9zdfhjkvr2ic5s4wtkdrcsdnzdvd0dztrqwpgnqk1kjs.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_WBbq55ZWIS_zhppa0ib3tatlpnof9rrrvvkcwy1mketph8n6yvpnnp0micvbag8hpzacjkp.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

प्रतिक्रिया