टी-ट्वान्टी विश्वकपः पाकिस्तान सेमिफाइनल प्रवेश
काठमाडौँ- बंगलादेशलाई पराजित गर्दै पाकिस्तान आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको छ । अस्ट्रेलियाको एडिलेडमा आइतबार भएको समूह दुई अन्तर्गतको आफ्नो अन्तिम खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान अन्तिम चारमा प्रवेश गरेको हो ।
जितका लागि चाहिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानलाई जित दिलाउन मोहमद हरिसले ३१ रन तथा मोहमद रिजवानले ३२ रनको योगदान गरे ।
यसअघि बंगलादेशले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन जोडेको थियो ।
बंगलादेशका लागि नजमुल हुसेनले सर्वाधिक ५४ रनको योगदान गर्दा सोम्या सरकारले २० जोडे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले सर्वाधिक ४ विकेट हात पारे । सदाब खानले २ विकेट लिए ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_U16gIWdaD8_w2eijr42ztwssyxfmnlsdimepyduumplbra9n5x6vxktq1vugbb4zjeank6p.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया