एमाले प्रदेश १ को घोषणापत्र सार्वजनिक, बहुमत ल्याएर सरकार बनाउने दाबी

विराटनगर- नेकपा एमाले प्रदेश कमिटी १ ले शनिबार प्रदेश स्तरीय प्रतिबद्धता पत्र सार्वजनिक गर्दै बहुमत ल्याएर प्रदेश सरकार बनाउने दाबी गरेको छ ।
स्थायी कमिटी सदस्य गुरु बराल, प्रदेश कमिटीका अध्यक्ष तुलसीप्रसाद न्यौपानेसहितका नेताहरूले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा उल्लेखित २६ वटा मुख्य अजेण्डामा प्रदेश १ लाई आत्मनिर्भर गराउने, प्रदेशलाई दिएको अधिकारलाई प्रदेश अन्तर्गत ल्याउने, प्रदेशको नामकरण गरी प्रदेश राजधानीको भौतिक संरचना बनाउने, विराटनगरलाई आर्थिक राजधानीका रूपमा विकास गर्ने विराटनगर विमानस्थललाई शीत भण्डारसहितको क्षेत्रीय विमानस्थल बनाउने, मानव संसाधनको विकासका लागि प्राविधिक र उद्यमशीलतामा आधारित शिक्षाको प्रबन्ध गर्ने लगायतका बुँदाहरू समेटिएका छन् ।
एमालेले प्रतिबद्धता पत्रमा सार्वजनिक प्रशासनलाई पारदर्शी, सहभागितामूलक, जवाफदेहीता तथा छरिता बनाई आम नागरिकलाई उत्तरदायी सेवा उपलब्ध गराउने, आर्थिक अनुशासन कायम गर्ने भनेको छ ।
त्यसैगरी धार्मिक साँस्कृतिक सर्किटको एकीकृत विकास, नदी डाइभर्सनबाट स्वच्छ खानेपानी, विद्युत् उत्पादन र पर्यटन प्रवर्द्धन, प्रदेश १ लाई मुलुककै प्रवेशद्वारका रूपमा विकास गर्ने, विराटनगरबाट पहाडी जिल्लाहरूमा नियमित रूपमा हवाई सेवा सञ्चालन गर्ने, गरिबीको रेखामुनि रहेका नागरिकलाई नागरिकलाई परिचयपत्र दिने, डिजिटल साक्षरताबाट शैक्षिक विकास एवं स्तरोन्नति गर्ने, मानव संसाधन विकास बैंक स्थापना लगायतका विषय प्रतिबद्धता पत्रमा उल्लेख छन् ।
एमालेले विराटनगरमा अन्तर्राष्ट्रिय सभागृहको निर्माण, नदी नियन्त्रण र सौन्दर्यकरण, उदयपुर जिल्लालाई क्लिंकरसहितको सिमेन्ट करिडोरको रूपमा विकास गर्ने, मध्यपहाडी लोकमार्गका क्षेत्रमा अर्ग्यानिक खेती, सुनकोशी करिडोरको विकासका साथै विगतमा सुरु गरेका प्रदेशका गौरवका आयोजनालाई सम्पन्न गर्ने कुरा पनि उल्लेख गरिएको छ ।
त्यसका साथै मोरङको बैजनाथपुरस्थित खेल मैदानलाई अन्तर्राष्ट्रिय खेलमैदानका रूपमा विकास गर्ने, हाइअल्टिच्यूड खेलका प्रतियोगिता सञ्चालन, आदिवासी जनजाति सांस्कृतिक केन्द्र निर्माण, विराटनगर–दुहवी–इटहरी, कटहरी–रंगेली, विराटनगर–ग्रामथान–सुन्दरहरैंचा लगायतका सम्भाव्य स्थानमा औधोगिक करिडोर विस्तार गर्ने पनि प्रतिबद्धता एमालेले राखेको छ ।

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

प्रतिक्रिया