धनगढी उपमहानगरले सडक क्षेत्रमा पर्ने संरचनामा डोजर चलायो

कैलाली- धनगढी उपमहानगरपालिकाले आज पनि सडक क्षेत्रमा पर्ने संरचनामा डोजर चलाएको छ । कैलालीपुलदेखि क्याम्पसरोडसम्मको सडक चौडा गर्ने कार्य अन्तर्गत लक्ष्मी नारायण मन्दिरको स्वामित्वमा रहेको एलएन चोकका भवनमा डोजर चलाइएको हो ।
उपमहानगरपालिकाले यसअघि सूचना जारी गर्दै सडक क्षेत्र खाली गर्न भनेको थियो । सोही अनुरुप सडक क्षेत्रमा पर्ने संरचना हटाउन सुरु गरेको हो ।
उपमहानगरपालिकाका मेयर गोपाल हमाल स्वयं उपस्थित भएर सडक क्षेत्रभित्र पर्ने संरचनामा डोजर चलाइको हो ।
मेयर हमालले यसअघि छठ पछि संरचना भत्काउने सूचना जारी गरेका कारण डोजर चलाइएको बताए ।
उपमहानगरपालिकाले कैलालीपुलदेखि क्याम्पस रोडसम्म सडकको दुबैतिर १५/१५ मिटरभित्र पर्ने संरचना हटाउन सूचना जारी गरेको थियो ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_MmlAsdmoOz_l3lszrcifoc1xmppurcaskmwvgvlicplfw6fgbhhtavw7ysbqcsfganfzkba.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया