चौँथो खेलमा हैदरावादको पहिलो जित

काठमाडौँ : आइपीएल क्रिकेटमा हैदरावादले पहिलो जित निकालेको छ । बुधबार राती पञ्जाबसँग भएको आफ्नो चौँथो खेलमा हैदरावादले ९ विकेटको शानदार जित निकालेकाे हाे ।
चेन्नेईमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२० रन बनाएको थियो । उसका लागि मयंक अग्रवाल र साहरुख खानले सर्वाधिक समान २२ रन जोडे । हैदरावादका खलिल अहमदले तीन र अभिषेक शर्माले दुई विकेट लिए । १२१ रनको झिनो लक्ष्य हैदरावादले १८ ओभर ४ बलमा १ विकेट गुमाएर भेट्टायो ।
उसका लागि जोनी बेयरस्टोले नटआउट ६३ रन बनाए । जितसँगै चार खेलबाट २ अंकसहित हैदरावाद पाँचौ स्थानमा उक्लिदा हार व्यहोरेको पञ्जाब पुछारमा धकेलिएको छ ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया