अछाम निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार बोगटी एमालेमा प्रवेश

अछाम- अछाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरेका हुन् ।
स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताए । उनले सत्य र शक्ति एमालेमा मात्रै रहेको र आफ्नो एजेन्डाहरू एमालेसँग मिल्दाजुल्दा भएकाले आफू एमालेमा समाहित भएको बताए । उनले मुलुकको परिवर्तन एमालेबाट मात्रै सम्भव भएको दाबी गरे ।
विगतमा आफ्नो लागि मत मागिरहेको बताउँदै उनले आगामी दिनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउन लागिपर्ने बताए । स्वतन्त्र उम्मेदवार बोगटीलाई एमाले प्रवेश गराउँदै प्रतिनिधि सभा सदस्यका उम्मेदवार बोहराले एमालेको जित निश्चित भएको बताए ।
परिवर्तन र सृजनशील युवाहरूको रोजाइमा एमाले पार्टी रहेको बताउँदै उनले अछाम १ मा रहेका सबै युवाहरू नेकपा एमाले जिताउन लाग्नेसमेत विश्वास व्यक्त गरेका थिए । बोगटीलाई स्वागत कार्यक्रममा बोहरासँगै निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (क) का उम्मेदवार देवबहादुर कुँवर, प्रदेश सचिवालय सदस्य मीनबहादुर कुँवर, स्वतन्त्र उम्मेदवार राधिका भुजेल, नेकपा एमाले अनुशासन आयोगका केन्द्रीय सदस्य हर्कबहादुर कुँवर गोविन्द, जिल्ला अध्यक्ष चन्द्र बोहरालगायत उपस्थित थिए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_tKZ06xU1b4_8ggal0x6qnqvdtom9gyhfdbddnkdi2snnede5m34nzjebsddpoj2o3slxdry.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया