बझाङमा एक जनाले मात्रै बुझाए हातहतियार

धनगढी- बझाङमा अहिलेसम्म एक जनाले मात्रै हातहतियार बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय बझाङले आफूसँग भएका इजाजतप्राप्त हातहतियार ३५ दिनभित्र बुझाउन भन्दै गत असोज १४ गते सूचना जारी गरेको थियो ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई सुरक्षित एवं भरपर्दो बनाउन जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियारहरू कात्तिक ५ गतेभित्र बुझाउन सूचनामार्फत भनिएको थियो । सोही अनुसार जिल्लाभरिमा एक जनाले मात्र हातहतियार बुझाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
निर्धारित समयमा हातहतियार नबुझाउनेसँग फेरि हातहतियार फेला परेमा कानुन बमोजिम कारबाही गरिने प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताएका छन् ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_MmlAsdmoOz_l3lszrcifoc1xmppurcaskmwvgvlicplfw6fgbhhtavw7ysbqcsfganfzkba.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया