भारतमा अक्सिजन आपूर्तिमा समस्या हुँदा कोभिड-१९ का २२ बिरामीको मृत्यु

मुम्बई : कोभिड-१९ उपचारका लागि तोकिएको भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा बुधबार अक्सिजन चुहावटका कारण आपूर्तिमा समस्या आउँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । कोभिड-१९ संक्रमणको दोस्रो लहरमा मुम्बईबाट करिब २०० किलोमिटर उत्तरमा रहेको डा जाकिर हुसैन अस्पतालमा चुहावटका कारण भेन्टिलेटरमा रहेका विरामीलाई अक्सिजन आपूर्तिको गम्भीर अभावको सामना गर्नुपर्दा यो त्रासदीपूर्ण घटना भएको हो ।
नासिकमा रहेको अस्पताललाई अक्सिजन आपूर्तिका लागि राखिएको ट्यांकरमा करिब आधा घण्टा चुहावट भएको र यसका कारण अस्पतालमा अक्सिजनको अभाव हुँदा विरामीको मृत्यु भएको स्थानीय अधिकारी सूरज मन्धारेले सञ्चारकर्मीहरूसँगको कुराकानीमा बताए । उक्त समस्याका कारण करिब ६० गम्भीर विरामीको स्वास्थ्यमा प्रभाव परेको बताइएको छ ।
“आधा घण्टाभित्र अक्सिजन आपूर्तिलाई सञ्चालनमा ल्याइसकिएको र अहिले चुहावट भएको ट्याङ्कीबाट अक्सिजन आपूर्ति भइरहेको छ,” मन्धारेले भने ।
घटनापछि अस्पतालमा विरामीका शोकाकुल आफन्तहरू जम्मा भई अस्पताल प्रशासनको लापर्बाहीप्रति विरोध जनाएका थिए । अस्पतालमा रहेका १७० विरामीमध्ये केहीलाई घटनापछि उनीहरूका आफन्तहरूको पहलमा अन्यत्र लगिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा भारतको कोभिड-१९ बाट प्रकोपको केन्द्रबिन्दु महाराष्ट्र राज्यमा भएको अक्सिजन चुहावटपछि विरामीको मृत्यु भएको भनिएको घटना हृदयविदारक त्रुटी भएको बताएका छन् ।
राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले घटनाप्रति दुःख व्यक्त गर्दै शीघ्र छानबिनको लागि निर्देशन दिएका छन् । (रासस)

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

प्रतिक्रिया