नमुना मतदानमा शतप्रतिशत मत सदर

सुदूरपश्चिम- आसन्न निर्वाचनको तयारीलाई लक्षित गरी आज कैलालीको सुख्खडमा गरिएको नमुना मतदानमा शतप्रतिशत मत सदर भएको छ ।
सुख्खडस्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमुना मतदानमा ४२ खसेकामा सबै मत सदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालयको पहलमा भएको नमूना मतदानमा घोडाघाडी नगरपालिकाका प्रमुख खड्क रावत र उपप्रमुख गुलियादेवी चौधरीलगायत गाउँघरमा खटिइरहने स्वास्थ्य स्वयंसेविका, पालिकाका कर्मचारीलगायत सहभागी भएका थिए ।
सो अवसरमा नगरप्रमुख रावतले नमुना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत सङ्ख्या घट्ने बताए । निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले यही मङ्सिर ४ गते हुने निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदान सम्बन्धमा जानकारी दिने उद्देश्यले नमुना मतदान गरिएको बताए । जिल्लाका अन्य ठाउँमा पनि नमुना मतदानको तयारी गरिएको छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_tKZ06xU1b4_8ggal0x6qnqvdtom9gyhfdbddnkdi2snnede5m34nzjebsddpoj2o3slxdry.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया