कर्णाली नदी किनारमा तीन जिल्लाको सुरक्षा बैठक

सुर्खेत- कर्णाली नदी किनारमा तीन जिल्लाको सुरक्षासम्बन्धी बैठक बसेको छ । बिहीबार दैलेखको आठबीस नगरपालिका अन्तर्गत पर्ने कर्णाली नदीको किनारमा तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको चुनाव केन्द्रित बैठक बसेको हो ।
कर्णाली प्रदेशका दैलेख र कालिकोट तथा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाबीच सुरक्षा समन्वय बैठक बसेको हो । तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको उक्त बैठकमा विशेष गरेर निर्वाचन सुरक्षाका विषयमा छलफल केन्द्रित थियो ।
निर्वाचनको समयमा तीन जिल्ला बीचको एकआपसमा समन्वय र सहकार्यका विषयमा छलफल भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भुवनेश्वर शाहले बताए । त्यसैगरी आसन्न निर्वाचन, विपद् व्यवस्थापन, दुई ठूला राजमार्गहरू कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्गमा सहज सवारी आवागमन, सडक दुर्घटना न्यूनीकरण, चोरी निकासी नियन्त्रण लगायतका विषयमा केन्द्रित रहेर अन्तर जिल्ला सुरक्षा बैठक बसेको शाहले जानकारी गराए ।
बैठकमा दैलेख, कालिकोट र अछाम जिल्लामा सञ्चालित ठूला योजनाहरूको सुरक्षा सवालमा पनि छलफल भएको थियो । बैठकमा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, अछामका प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेय, दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद साहसहित कालिकोट र अछामका प्रहरी प्रमुख, तीन वटै जिल्लाका सशस्त्र प्रहरी बल नेपालका प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू उपस्थित थिए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आठबीस नगरपालिका–४ राकमकर्णालीस्थित कर्णाली नदी किनारमा बैठक बसेको थियो ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया