माडीको अयोध्याधाममा राखियो रामसीताको मूर्ति

चितवन : चितवनको माडी नगरपालिका-९ स्थित अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिएको छ । आज रामनवमी पर्वको अवसरमा अयोध्याधाममा रामसीताको मूर्ती राखिएको हो ।
मूर्ति आज बिहान देवघाटधामबाट पूजा गरेर माडीको अयोध्याधाममा ल्याइएको थियो । माडीमा बाजा-गाजासहित मूर्तिहरूलाई स्वागत गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि चितवनको अयोध्या भएको दाबी गर्दै आएका छन् ।
अयोध्यामा राम मन्दिर बनाउने पनि सरकारको तयारी छ । अहिले अस्थायी मन्दिरमा राखिएको मूर्तिलाई पछि मूल मन्दिर बनाएर राख्ने योजना रहेको अयोध्याधाम प्रचार समितिका संयोजक श्री दवाडीले जानकारी दिए ।
मूर्तिलाई माडीमा लगेपछि परशुराम कुण्डको जलले जल अभिषेक गरिएको थियो । संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, प्रदेश-२ का प्रदेश प्रमुख राजेश अहिराज, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा मन्दिरमा मूर्ति राखिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले अयोध्याधामको विकासका लागि प्रदेश सरकारले लगानी गर्ने बताएका छन् ।

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

राशिफलमा यस्तो आज तपाईंको भाग्य

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्…

झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कलैया-वीरगञ्ज सार्वजनिक यातायात सेवा ठप्प

प्रतिक्रिया