बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

'दक्षिण एसियाका मुलुकहरूमा यौन हिंसाको जोखिम झनै बढ्यो'

काठमाडौँ : मानव अधिकारको लागि महिला, एकल महिला समूहले दक्षिण एसियामै यौन हिंसाको जोखिम झनै बढेको बताएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै समूहले यस्तो तथ्य प्रस्तुत गरेको हो । 

‘नेपाल सहित दक्षिण एसियाली देशहरूमा बलात्कार सम्बन्धी कानुनहरू अपर्याप्त र असंगत हुनुको साथै कार्यान्वय पक्ष फितलो हुँदा महिला तथा बालिकामा यौन हिंसाको जोखिमलाई अझ बढेको छ’, विज्ञप्तिमा भनिएको छ ।