एफवान सफ्टले विकास गर्यो युज मोबाइल डटकम
मोबाइल बैंकिङ्ग प्रयोग गर्न अझ सक्षम बनाउने प्लेटफर्मको निर्माण

काठमाडौँ- एफवान सफ्ट इन्टरनेशनले युज मोबाइल बैंकिङ्ग डटकमको सुरुवात गरेको छ । यस वेबसाइटले मोबाईल बैंकिङ्गसँग परिचित गराउन थप मद्दत गर्नेछ । वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ्ग अनुप्रयोगहरुका लागि ट्युटोरियलहरु (सन्दर्भ सामाग्री) छन् र तिनिहरुको प्रयोगको बारेमा जान्न चाहने कुनैपनि ग्राहकले वेबसाईटमा गएर आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगको ट्युटोरियल (सन्दर्भ सामाग्री) हेर्न सक्छन् ।
वेबसाईटमा मोबाइल बैंकिङ्ग सम्बन्धी नवीनतम तथ्य,तथ्यांक र डाटाका साथसाथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञहरुका विचारहरु पनि निरन्तर अपडेट गरिन्छ । युज मोबाइल डटकम एफवान सफ्ट इन्टरनेशनल द्धारा मोबाइल बैंकिङ्गको प्रयोगलाई बढावा दिन र बानी बसाल्ने प्रयोग हो, जुन शहरी क्षेत्रहरुमा डेबिट कार्ड र नगदको तुलनामा बिस्तारै बैंकिङ्ग र भुक्तानीको लोकप्रिय मोड बन्दै गएको छ ।
एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सवाश शर्माले भने“ मोबाइल बैंकिङ्गको ठुलो संभावना छ,र हामी मानिसहरुलाई टेक्नोलोजीसँग अझ बढि परिचित गराउन चाहान्छौँ , मोबाइल बैंकिङ्गको प्रयोगमा धेरै वृद्धि देखिरहेको छ र हामी आशा गछौँ की युज मोबाईल बैंकिङ्ग डट कमले मोबाइल बैंकिङ्ग प्रयोग गर्न सहज बनाउन मद्धत गर्छ”
एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो फिनटेक कम्पनी हो । जसको १८ वर्षभन्दा बढि समयदेखि डिजिटल फाइनान्समा केन्द्रित छ । कम्पनीले हाल एक हजार भन्दा दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ । कम्पनीले ५० भन्दा बढि वित्तीय संस्थाहरुको बैंकिङ्ग र वित्तीय संस्थाहरुको बैंकिङ्ग अनुप्रयोगहरु निर्माण गरेको छ । युज मोबाईल बैंकिङ्ग डटकम मोबाइल बैंकिङ्गका प्रयोगकर्ताहरुसम्म सिधै पुग्ने पहिलो प्रयास हो । कम्पनीले आम प्रयोगकर्तालाई वेबसाइटमा जान र नवीनतम् समाचारहरुसँग अद्यावधिक रहनका लागि युज मोबाइल बैंकिङ्गका सामाजिक सञ्जाल पछ्याउन आग्रह गरेको छ ।

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_yoG0jo2xwn_dlkngyev4dehrxwxj2iff9ynri09tpobt93ipszycegg6nymmqcfcgvxixer.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

प्रतिक्रिया