हिमालय एयरलाइन्सले आजदेखि भैरहवाबाट मलेसिया उडान गर्दै

बुटवल- हिमालय एयरलाइन्सले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ । मलेसियाबाट दिउँसो १२:३० बजे भैरहवा विमानस्थल अवतरण गरेको हिमालय एयरलाइन्सको जहाज ३ बजे भैरहवाबाट क्वालालम्पुरका लागि उडेकाे हो ।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्न पाउँदा उत्साहित भएको बताए ।
भैरहवा विमानस्थलबाट दैनिक उडानका लागि हिमालयले नागरिक उड्डयन प्राधिकरणसँग दुइटा माग राखेको छ ।
उपाध्यक्ष श्रेष्ठका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ र भैरहवा विमानस्थलमा कमर्सियल (व्यावसायिक) ग्राउन्ड ह्यान्डलिङको जिम्मा हिमालयलाई दिएमा यसले भैरहवाबाट यात्रुवाहक उडान सुरु गर्नेछ । व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको अनुमति पाएपछि अन्य क्षेत्रमा पनि उडान विस्तार गर्ने हिमालयको भनाइ छ ।
ग्राउन्ड ह्यान्डलिङ सेवा अन्तर्गत कम्पनीले यात्रुको बोर्डिङ, चेक-इन, ब्यागेज, कार्गो ट्रली, र्याम्प बस लगायत सेवा दिनुपर्ने हुन्छ । हाल प्राधिकरणले भैरहवा विमानस्थलमा एक वर्षका लागि ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई दिएको छ ।

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_lHCEFU3vHe_1ihtkmxxo8kcfnieztumzhlfyhknqzoajjtvc8fafvdogbpxyxjdvfaojq7n.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रतिक्रिया