जुम्लामा हेलिकप्टरमार्फत ल्याइयो मतपत्र

जुम्ला- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र जुम्ला आइपुगेको छ ।
सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत मतपत्र ल्याइएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए । नेपाली सेना नन्दबक्स गणका गणपति रवीन थापाले नेपाली सेनाको हेलिकप्टरले दुई पटकमा मतपत्र ल्याएको बताए ।
गत असोज १९ गतेदेखि परेको अविरल वर्षा र बाढीका कारण कर्णाली राजमार्ग अवरुद्ध भएपछि हेलिकप्टरमार्फत मतपत्र ल्याइएको परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताए । स्थानीय तहको निर्वाचनका लागि भने मतपत्र ट्रकमार्फत ल्याइएको थियो ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ एक लाख ५१ हजार मतपत्र ल्याइएको छ । जसमध्ये प्रतिनिधि सभाको समानुपातिकतर्फ ७७ हजार र प्रदेश सभा समानुपातिकतर्फ ७४ हजार मतपत्र ल्याइएको हो ।
साथै, प्रत्यक्षतर्फको प्रतिनिधि सभाका लागि ७६ हजार र प्रदेश सभा (क) का लागि ४२ हजार तथा प्रदेश सभा (ख) का लागि ३६ हजार मतपत्र ल्याइएको हो । जिल्लामा रहेका ६८ हजार ६३८ मतदातामध्ये प्रदेश (क) मा ३६ हजार ७८३ र प्रदेश (ख) मा ३१ हजार ८५५ छन् ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया