जुम्लामा चुनाव अवधिभर मदिरा बिक्री वितरणमा रोक

जुम्ला- आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवधिभर यहाँ मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।
निर्वाचन हुन अब केही दिन बाँकी हुँदा जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा पूर्ण रूपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।मतगणना नसकिञ्जेलसम्मको समय अवधिमा शान्ति सुरक्षा कायम गर्न मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र चन्दले जानकारी दिए ।
चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा हुने आमसभा, नारा जुलुस, भीडभाड लगायतका राजनीतिक पार्टीका कार्यक्रम निर्वाचन अवधिभर गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट जारी गरेका निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न यहाँका सबै राजनीतिक दलदेखि उम्मेदवारलाई जानकारी गराएको बताइएको छ ।
मतपत्रबाहेक सबै ५४ प्रकारका सामग्री जिल्लामा आइपुगेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया