राधा पौडेलको उपन्यास 'मारियम मान्छे भई' बजारमा

काठमाडौँ - राधा पौडेलद्वारा लिखित किशोर उपन्यास 'मारियम मान्छे भई' बजारमा आएको छ । नेपालमा 'मर्यादित महिनावारी'को अवधारणा सुरुवात गरेकी लेखकले 'राधा पौडेल फाउन्डेसन' मार्फत महिला र बालबालिकाको क्षेत्रमा धेरै काम गरेकी छिन् ।
'मारियम मान्छे भई' एक मुस्लिम किशोरीको कथा हो । निम्न मध्यम बर्गीय नेपाली समाजमा छोरीहरुले गर्नुपर्ने संघर्ष र भोग्नु पर्ने भुक्तमान उपन्यासको मूल विषय रहेको छ । मासिक रजस्वलाका कारण उसले नियमित रुपमा खुम्चनु परेको कथाको पेटारो हो यो किताब । साथै प्रकृतिले पुरुषभन्दा भिन्न बनाइदिएका कारण मान्छे हुन नपाएको वृतान्त पनि हो । यहाँ मारियमको व्यथा मात्रै पनि छैन । मान्छे बन्नका लागि उसले गरेका विद्रोहको फेहरिस्त पनि छ । समग्रमा मारियम मान्छे बन्न सकेको कथा हो यो । यो पुस्तकका बारेमा लेखक भन्नुहुन्छ – "मारियम मात्र होइन, तपाईं, तपाईको पुस्ता, दरपुस्तालाई मान्छे भएर बाच्नका लागि यो पुस्तक एक अपरिहार्य क्याप्सुल सावित हुनेछ भन्ने अपेक्षा गरेको छु ।"
नेपालमा किशोरपाठक लक्षित पठन सामग्री असाध्यै कम रहेको छ । किशोरवयका पाठकलाई लक्षित गरी उनीहरुकै मनोभावनामा आधारित पुस्तक प्रकाशन गर्ने लक्ष्यअनुरुप यो पुस्तक प्रकाशन भएको हो । यसअघि सांग्रिला बुक्सबाट राधा पौडेलको बाल्यकालीन संस्मरण 'रोल नम्बर एक' र अनुदित पुस्तक 'सर्जिकल राजोनिवृत्ति' पनि प्रकाशित छ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_g9UQZ7uzvy_pukjhm5awa5pdrgi4axihkgjldpyvtpqyvh6vqtnqartd7trcj8oqnldcgfx.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया