सुर्खेतमा ८६ जना नयाँ कोभिड संक्रमित थपिए

सुर्खेत : सुर्खेतमा ८६ जना नयाँ कोभिड संक्रमित थपिएका छन् । बुधवार ८८ जनाको कोभिड परीक्षण गर्दा ८६ जनामा पोजेटिभ देखिएको छ । परीक्षण गरेका सबैजसोलाई कोभिड पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।
‘सुर्खेतका विभिन्न स्थानका ८८ जनाको मंगलवार पिसिआर परिक्षण गराएका थियौ,’ जनस्वास्थ्य प्रमुख वाग्लेले भने, ‘आज उहाँहरू सबैजसोको रिपार्ट पोजेटिभ आएको छ ।’ सुर्खेतस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा उनीहरुको परिक्षण भएको हो । यसअघि सुर्खेतमा एक सय २० संक्रमित थिए । हाल सुर्खेतमा दुई सय ६ जना संक्रमित भएका छन् ।
कोभिड संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालहरु पनि भरिन थालेको वाग्लेले बताए । हालसम्म सुर्खेतमा कोभिडका कारण २३ जनाको मृत्यु भएको छ । भारतबाट फर्किनेको संख्या बढ्दै गएपछि कोभिड संक्रमितहरू बढ्दै छन् ।

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया