अढाई महिनामा गौरीफन्टा नाका भएर ६६ हजार नेपाली भारत पुगे

धनगढी : कोभिड-१९ र हिन्दु नेपालीका ठूला चाडपर्वबीचमा त्रिनगर-गौरीफन्टा नाका भएर भारत जानेको लर्को छ । कोभिडको संक्रमणपछि बेरोजगार भएका युवाहरु घर फर्किएपछि छाक टार्नै मुस्किल भएपछि अहिले भारत जानेको लर्को लागेको हो ।
त्रिनगर-गौरीफन्टा नाका भएर मात्रै भदौ १२ गतेदेखि ६६ हजार नेपाली भारत गएका छन् । सीमा प्रहरी चौकी डोकेबजारका अनुसार साढे ४६ हजार पुरुष, साढे ११ हजार महिला र ८ हजार बालबालिका भदौ १२ गतेपछि भारत गएका हुन् । दसैँ सकिएपछि भारत जानेको संख्या बढेको सीमा प्रहरी चौकी डोकेबजारका प्रमुख तथा प्रहरी नायब निरीक्षक भूपालसिंह थापाले इकागजलाई जानकारी दिए । उनका अनुसार दसैँपछि मात्रै त्रिनगर नाका भएर २२ हजार बढी नेपाली भारत गएका छन् ।
बुधबार बिहान त्रिनगर नाका भएर भारत जाँदै गर्दा भेटिएकी धनगढी उपमहानगरपालिका-७ की रञ्जिता चौधरीले भनिन्, ‘भाइटीका लगाएर जाने इच्छा त थियो । तर चाडपर्व मनाउनका लागि पैसा नै नभएपछि बाध्य भएर भारत गईरहेकी छु ।' डोटीको केआसिंह गाउँपालिकाकी दीपा रावत पनि बुधबार बिहान भाइटीकाको मुखमै भारत गइरहेकी थिइन् । केही समय अगाडि डोटी फर्किएकी उनले साँझ–बिहान खानसमेत समस्या हुन थालेपछि भारत फर्कनु परेको बाध्यता सुनाइन् ।
गरिबीका कारण परिवार पाल्न मुस्किल भएपछि चाडपर्वको मुखमा कोभिडको समेत प्रभाव नगरी दैनिक सयौँ नेपाली त्रिनगर नाका भएर भारत जाने गरेका छन् । स्वदेशमा सामान्य काम समेत नपाएपछि मजदुरीका लागि पनि भारत जानु परेको उनीहरूको गुनासो छ । युवालाई स्वदेशमा रोक्न नसकिएको बताउँदै सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले प्रदेश सरकारको नीति र योजना असफल भएको बताए । उनले युवाहरूलाई रोजगारी दिने कार्यक्रम प्रदेश सरकारले ल्याउनुपर्ने बताए ।
यता छाक टार्न मुस्किल भएपछि हजारौँ युवा भारत गइरहेकोमा सुदूरपश्चिम प्रदेश सरकारले कोभिड-१९ ले प्रभावितमध्ये पाँच हजारलाई तत्काल स्वरोजगार बनाउन कार्यक्रम अगाडि बढाएको जनाएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/२०७८ मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका कार्यक्रम अगाडि बढाएको हो ।
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

भजहरमा रमाउँदै कैलालीका थारु समुदाय

प्रतिक्रिया